

काठमाडौँ, भदौ १४ गते । काठमाडौँ महानगरपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीजन्य विपद् व्यवस्थापन तथा प्रभावितहरूको पुनःस्थापनाका लागि रु चार करोड ५४ लाख १४ हजार ७८७ आर्थिक तथा भौतिक सहयोग गर्ने निर्णय गरेको छ। का.वा. प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको ५७ औँ कार्यपालिका बैठकले विपद् व्यवस्थापन समितिलाई राहत सामग्री, अत्यावश्यक सवारीसाधन तथा जनशक्ति व्यवस्थापनको पूर्ण जिम्मेवारी सुम्पेको छ।
घोषित सहयोग रकममध्ये रु तीन करोड महानगरको विपद् व्यवस्थापन कोषबाट व्यहोरिनेछ। बाँकी रकम भने जनप्रतिनिधिहरू (कार्यपालिका तथा वडा सदस्य), सहरी योजना आयोगका पदाधिकारीहरू र महानगरमा कार्यरत अधिकृतदेखि श्रेणीविहीन तहसम्मका कर्मचारीहरूको निश्चित दिनको पारिश्रमिक तथा सुविधाबाट कट्टा गरी सङ्कलन गरिने महानगरले जनाएको छ।
नगद सहयोगका अतिरिक्त बाढी प्रभावितहरूका लागि खाद्यान्न, लत्ताकपडा, इन्डक्सन चुलो, त्रिपाल, कम्बल र खानेपानी जस्ता दैनिक उपभोग्य सामग्री प्रदान गरिनेछ। साथै उद्धार र पुनःस्थापनालाई तीव्र बनाउन एम्बुलेन्स, एक्साभेटर, जेट मेसिन, शववाहनका साथै अध्ययनरत विद्यार्थी र अस्पतालमा रहेका बिरामीहरूको हेरचाहसम्मका कार्य जिम्मेवारीपूर्वक गरिनेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















