

काठमाडौँ, भदौ १३ गते । काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका यात्रुहरूको उद्धार तथा सहज आवागमनका लागि शुक्रबारदेखि निःशुल्क यातायात सेवा सञ्चालनमा ल्याएको छ। सेवाको पहिलो दिन नै दुई जना बालबालिका, नौ जना महिला र आठ जना पुरुष गरी कुल १९ जना नागरिकको उद्धार गरिएको छ।
महानगरले रसुवादेखि काठमाडौँसम्म यात्रु ओसार्न १९ सिट क्षमताको (बा ०६ ख ९३३९) सवारी साधन परिचालन गरेको छ भने छत्रपाटी निःशुल्क चिकित्सालयको सहयोगमा १० सिट क्षमताको (बा ०३० च ७३६४) अर्को सवारी साधन उपलब्ध गराइएको छ। सर्वसाधारणले सहजै चिन्न सकून् भनेर दुवै सवारी साधनको अगाडि र पछाडि स्पष्ट ब्यानर राखिएको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र प्रवक्ता नवीन मानन्धरको उपस्थितिमा सुरु गरिएको यो सेवा नगर प्रहरीको प्रत्यक्ष संलग्नतामा सञ्चालन भइरहेको छ। कार्यवाहक प्रमुख डंगोलका अनुसार विपत्को समयमा अलपत्र परेका नागरिकहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन यो प्रयास थालिएको हो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















