10/18/2026, 20:34:03
आइतबार, कार्तिक ०२, २०८३

बाढी प्रभावित क्षेत्रबाट १२१ पर्यटकको उद्धार, ६२२ अझै सम्पर्कविहीन


काठमाडौँ, भदौ १३ गते । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा फसेका पर्यटक तथा तीर्थयात्रीको खोजी र उद्धार कार्य तीव्र बनाइएको छ। शुक्रबार मात्रै विभिन्न माध्यमबाट १२१ जना विदेशी पर्यटकको उद्धार गरिएको छ, जसमध्ये ८५ जना भारतीय नागरिक रहेका छन्। यसअघि बुधबार र बिहीबार गरी ६४ जना पर्यटकको उद्धार भइसकेको छ।

नेपाल पर्यटन बोर्डका अनुसार बाढीपछि पदयात्रा र तीर्थयात्राका क्रममा रहेका ६२२ जना पर्यटक अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा भारतका ९८, नेपालका १४९, अमेरिकाका ६७, युक्रेनका ६१, मलेसियाका ५१ जनासहित ३६ भन्दा बढी देशका नागरिक रहेका छन्। विशेष गरी गोसाइँकुण्ड र कैलाश मानसरोवर मार्गमा गएका पर्यटकहरू बाढीबाट बढी प्रभावित भएका छन्।

हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाली सेना, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र पर्यटक प्रहरीको संयुक्त टोलीले हवाई तथा स्थल मार्गबाट खोजी र उद्धार कार्य निरन्तर जारी राखेका छन्।

बेपत्ता (सम्पर्कविहीन) रहेका पर्यटक तथा तीर्थयात्रीहरूको देशअनुसारको विवरण

देश बेपत्ता पर्यटकको सङ्ख्याb/strong>
नेपाल १४९
भारत ९८
अमेरिका ६७
युक्रेन ६१
मलेसिया ५१
अस्ट्रेलिया ३५
बेलायत ३३
क्यानडा २५
सिङ्गापुर ९
चीन ८
रसिया ७
दक्षिण अफ्रिका ६
जापान ५
न्युजिल्यान्ड ५
फ्रान्स ४
स्पेन २
अन्य (जर्मनी, आयरल्यान्ड, स्विडेन, सर्बिया, फिलिपिन्स, लिथुआनिया, इजरायल, हङ्गेरी, फिनल्यान्ड, बेलारुस लगायत) यकिन सङ्ख्या नखुलेको
जम्मा (कूल) ६२२