

काठमाडौँ, भदौ १२ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझ ७ बजेसम्म पाँच सय ५९ जनाको शव फेला परेको छ ।
प्राधिकरणका अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० जना, गोरखामा ४६ जना, नवलपरासी पूर्वमा १५४ जना, चितवनमा २३३ जना, तनहुँमा ३० जना र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको हो ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये नेपाल प्रहरी चार हजार ४७३, नेपाल सेना छ हजार ७५५ र सशस्त्र प्रहरी बल नेपाल चार हजार २०३ जना रहेका छन् ।
यसैगरी, एक हजार ९२४ जना सम्र्कविहीन रहेका छन् । नेपाल प्रहरी २८ जना, नेपाली सेना ४५ जना, सशस्त्र प्रहरी बल नेपाल १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका १५ जना, रसुवामा १६१ जना, नुवाकोटमा एक जना, जलविद्युत आयोजनाहरुमा ९३३ जना, मकवानपुरमा ६६ जना, सम्पर्कविहीन विदेशी नागरिक ५१७ जना, नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना र लाङटाङ राष्ट्रिय निकुञ्जमा ३ जना सम्पर्कविहीन बनेको पछिल्लो सूचना छ ।
हालसम्म चार हजार ४५१ जनाको उद्धार भएको छ । जलविद्युतको सुरुङबाट १९१ जना र हवाई उद्वार ५१७ जनाको गरिएको छ । विदेशी नागरिक १२९ जनाको उद्धार भएको छ । उद्धारका लागि हालसम्म नेपाली सेना र निजी गरि १६ वटा हेलिकप्टरबाट ९९ हवाइ उडान भएको प्राधिकरणले जानकारी दिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





















