काठमाडौँ, भदौ १२ गते । सूचना तथा प्रसारण विभागले शुक्रबारदेखि आइतबारसम्म सार्वजनिक विदाका दिनमा समेत सेवा प्रवाह गर्ने जनाएको छ ।
भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी प्रभावित क्षेत्रमा समाचार संकलनका लागि इच्छुक नेपाली तथा विदेशी सञ्चार माध्यमका पत्रकारलाई सहज रुपमा प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध गराइने विभागले प्रकाशन गरेको सूचनामा उल्लेख छ । प्रेस प्रतिनिधि प्रमाणपत्र तथा पत्रकार परिचय पत्रका लागि विभागको वेबसाइटको अनलाइन सेवाबाट आवश्यक कागजातसहित आवेदन दिनुपर्ने सूचनामा जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






















