

काठमाडौं, भदौ १० । रसुवा जिल्लामा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गर्दै एनसेलले लगातार तीन दिनका लागि निःशुल्क भ्वाइस तथा डेटा सेवा उपलब्ध गराउने घोषणा गरेको छ। आपतकालीन अवस्थामा आफ्ना आफन्त र उद्धार टोलीसँग सहजरूपमा सम्पर्क कायम राख्न मद्दत पुगोस् भन्ने उद्देश्यले कम्पनीले यो निर्णय लिएको हो।
यसका साथै एनसेलले प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिनको समयावधि रहने गरी १०० वटा निःशुल्क एसएमएस पनि प्रदान गर्ने भएको छ। बाढीका कारण उत्पन्न कठिन परिस्थितिमा सञ्चार सेवाको निरन्तरता अत्यावश्यक हुने भएकाले स्थानीयवासीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।


विपद्को समयमा आपतकालीन खोज, उद्धार तथा राहत वितरणका काममा सञ्चारको सहज पहुँच सुनिश्चित गर्न एनसेलले निरन्तर सहयोग गर्दै आएको छ। कम्पनीको यस पहलले बाढी प्रभावितहरूलाई परिवार, आफन्त तथा उद्धार निकायहरूसँग जोडिन सहज बनाउनेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























