08/23/2026, 09:37:21
आइतबार, भदौ ०७, २०८३

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको नयाँ विनिमय दर निर्धारण: अमेरिकी डलर र कुवेती दिनार कति?


काठमाडौँ, भदौ ७ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। नयाँ तोकिएको दर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ८२ पैसा र बिक्रीदर १५३ रुपियाँ ४२ पैसा कायम भएको छ। त्यस्तै, युरोपियन युरोको खरिददर १७८ रुपियाँ ८३ पैसा तथा युके पाउन्ड स्ट्रलिङको खरिददर २०८ रुपियाँ ७३ पैसा तोकिएको छ।

खाडी मुलुकहरूतर्फ साउदी अरेबियन रियालको खरिददर ४० रुपियाँ ७० पैसा, कतारी रियालको ४१ रुपियाँ ९३ पैसा र युएई दिरामको खरिददर ४१ रुपियाँ ६१ पैसा कायम गरिएको छ। वैदेशिक रोजगारीका लागि आकर्षणको केन्द्र मानिने कुवेती दिनारको बिक्रीदर ५०० रुपियाँ १५ पैसा पुगेको छ भने भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा स्थिर रहेको छ।

केन्द्रीय बैंकका अनुसार यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुनसक्ने छ। साथै, सर्वसाधारण तथा व्यवसायीहरूका लागि वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक पर्न सक्ने भएकाले राष्ट्र बैंकको आधिकारिक वेबसाइट मार्फत अद्यावधिक जानकारी लिन सकिने जनाइएको छ।

मुद्रा (Currency)इकाई (Unit)खरिददर (Buying Rate)बिक्रीदर (Selling Rate)
भारतीय रुपियाँ (INR)१००रु १६०.००रु १६०.१५
अमेरिकी डलर (USD)रु १५२.८२रु १५३.४२
युरोपियन युरो (EUR)रु १७८.८३रु १८९.५३
युके पाउन्ड स्ट्रलिङ (GBP)रु २०८.७३रु २०९.५५
स्वीस फ्र्याङ्क (CHF)रु १९१.२३रु १९१.९८
अस्ट्रेलियन डलर (AUD)रु १०९.४६रु १०९.८९
क्यानेडियन डलर (CAD)रु १११.१७रु १११.६१
सिङ्गापुर डलर (SGD)रु १२०.४५रु १२०.९२
जापानी येन (JPY)१०रु ९.६४रु ९.६७
चिनियाँ युआन (CNY)रु २२.७४रु २२.८३
साउदी अरेबियन रियाल (SAR)रु ४०.७०रु ४०.८६
कतारी रियाल (QAR)रु ४१.९३रु ४२.०९
थाइ भाट (THB)रु ४.६८रु ४.६९
युएई दिराम (AED)रु ४१.६१रु ४१.७७
मलेसियन रिङ्गेट (MYR)रु ३७.८४रु ३७.९९
साउथ कोरियन वन (KRW)१००रु ११.०४रु ११.०८
स्वीडिस क्रोनर (SEK)रु १६.१५रु १६.२१
डेनिस क्रोनर (DKK)रु २३.९२रु २४.०१
हङकङ डलर (HKD)रु १९.४९रु १९.५७
कुवेती दिनार (KWD)रु ४९८.१९रु ५००.१५
बहराइन दिनार (BHD)रु ४०५.३४रु ४०६.९३
ओमनी रियाल (OMR)रु ३९६.९५रु ३९८.५१