काठमाडौँ, साउन ३० गते । खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्ताहरूलाई सहजता प्रदान गर्न नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा आइतबार उपत्यकाका सात तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री वितरण गरिने भएको छ।
निगमका अनुसार आयल निगमको टेकु परिसर, बूढानीलकण्ठको चपलीस्थित पशु सेवा शाखा, कीर्तिपुरको राधास्वामी परिसर, नयाँ बजारको जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय र ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास वितरण गरिनेछ।
निगमले एलपी ग्यासको आयात र विक्रेताहरू (डिलर) मार्फत हुने बिक्री वितरण नियमित भइरहे पनि कुनै कारणवश विक्रेताबाट ग्यास पाउन नसकेका अति आवश्यक परेका उपभोक्ताहरूलाई लक्षित गरी यो व्यवस्था मिलाएको हो।
ग्यास खरिद गर्न चाहने सर्वसाधारणले आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लिएर तोकिएको स्थानमा जानुपर्नेछ। तोकिएका बिक्री केन्द्रहरूमा नेपाल, एचपि, एभरेष्ट, सुगम, श्रीराम, सगर, भानु, श्रीकृष्ण, साइबाबा, श्रीमाया, ओम, लोकप्रिय, सूर्य र एसटीसी ब्रान्डका सिलिन्डरहरू उपलब्ध हुने निगमले जनाएको छ।
ग्यास वितरण स्थल र उपलब्ध ब्रान्डहरू
| क्र.सं. | वितरण स्थल (स्थान) | उपलब्ध ग्यास ब्रान्डहरू (कम्पनीहरू) |
| १ | नेपाल आयल निगम, टेकु परिसर | नेपाल, एचपि, एभरेष्ट, सुगम, श्रीराम, सगर |
| २ | पशु सेवा शाखा (चपली, बूढानीलकण्ठ) | नेपाल, एचपि, भानु |
| ३ | राधास्वामी परिसर (कीर्तिपुर) | नेपाल, एचपि, एभरेष्ट, सुगम, श्रीकृष्ण, साइबाबा, श्रीमाया |
| ४ | नयाँ बजार जुडो हल परिसर | नेपाल, एचपि, ओम |
| ५ | तारकेश्वर नगरपालिका परिसर | नेपाल, एचपि |
| ६ | चन्द्रागिरि नगरपालिका कार्यालय | लोकप्रिय, नेपाल, एचपि, श्रीमाया |
| ७ | राष्ट्रिय क्षयरोग केन्द्र (ठिमी) | नेपाल, एचपि, सूर्य, सगर, एभरेष्ट, सुगम, एसटीसी |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























