08/05/2026, 09:15:15
बुधबार, साउन २०, २०८३

काठमाडौँमा केही दिनभित्रै एलपी ग्यासको आपूर्ति सहज हुने मन्त्रालयको दाबी


काठमाडौँ, साउन २० गते। नेपालमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयले उपभोक्तालाई अफवाहको पछि नलाग्न, आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार हाल नियमित मागभन्दा बढी ग्यास आयात तथा वितरण भइरहेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन तीव्र बनाएको छ भने नेपाल आयल निगम र उद्योगीहरूसँग समन्वय गरी आपूर्ति व्यवस्था चुस्त बनाउने प्रयास जारी छ।

वैकल्पिक सिलिन्डर नभएका उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गर्दै मन्त्रालयले कालोबजारी वा कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।