

काठमाडौँ, साउन २० गते। काठमाडौँ महानगरपालिकाको टेकुस्थित बन्द रहेको ‘वेस्ट टू इनर्जी’ (फोहोरबाट ऊर्जा उत्पादन) परियोजना आगामी दुई महिनाभित्र पुनः सञ्चालनमा ल्याइने भएको छ। यस परियोजनालाई दिगो रूपमा पुनरुत्थान गर्न काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलबीच भएको छलफलपछि यस आयोजनालाई चालु आर्थिक वर्षभित्रै पूर्ण सञ्चालनमा ल्याउने सहमति भएको हो। युरापेली सङ्घको सहयोगमा निर्माण भई बन्द भएको उक्त आयोजनाको पुनर्स्थापनाका लागि विश्व बैङ्कको ‘मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रम‘ मार्फत वित्तीय स्रोत व्यवस्थापन गरिनेछ।
यस परियोजनाले सहरी फोहोर व्यवस्थापनमा सहयोग पुर्याउनुका साथै बायोग्यास र जैविक मल उत्पादनमार्फत चक्रीय अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































