

काठमाडौँ, साउन २० गते । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा जल स्नान एवं दैनिक अर्पण अभिषेकका लागि बागमती नदीको मुहान (वाग्द्वार) बाटै शुद्ध पानी ल्याउने गृहकार्य आरम्भ गरिएको छ।
हाल बागमतीको पानी दूषित भएकाले मन्दिर परिसरकै इनारको पानी प्रयोग हुँदै आएकामा मुहान क्षेत्रबाट करिब २१ किलोमिटर लामो पाइपलाइनमार्फत स्वच्छ जल ल्याउने प्रारम्भिक छलफल अघि बढाइएको हो।


यस बहुप्रतीक्षित योजनाका लागि गोकर्णेश्वर नगरपालिकाले रु. १ करोड र बागमती प्रदेश सरकारले रु. ५ करोड बजेट सुनिश्चित गरिसकेका छन्। यद्यपि, वाग्द्वार क्षेत्र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले निकुञ्ज प्रशासनको कानुनी एवं वातावरणीय स्वीकृति प्राप्त हुन बाँकी छ।
स्थानीय तह र पशुपति क्षेत्र विकास कोषले आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी आयोजनालाई चाँडै अगाडि बढाउन पुनः पहल सुरु गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























