काठमाडौँ, साउन २० गते । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपियाँ बढाएसँगै आन्तरिकतर्फको हवाई भाडा र हेलिकोप्टरको दर वृद्धि भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडामा लागु हुने फ्युल सरचार्ज संशोधन गर्दै आज मङ्गलबारदेखि नयाँ भाडादर लागु गरेको हो । वायुसेवा कम्पनीले इन्धनको मूल्य वृद्धि अनुसारको रकम हवाई टिकटमै समायोजन गर्ने भएकाले इन्धनको मूल्य घटबढ हुँदा हवाई यात्रुको टिकट दरमा सोझै प्रभाव पर्ने गर्दछ ।


काठमाडौँबाट हुने मुख्य हवाई मार्गको बढेको भाडा (रुपियाँमा):
काठमाडौँ – धनगढी: रु ८८०
काठमाडौँ – सुर्खेत: रु ६९०
काठमाडौँ – पर्वतीय उडान (माउन्टेन फ्लाईट): रु ६८५
काठमाडौँ – नेपालगन्ज: रु ६५५
काठमाडौँ – भद्रपुर: रु ६०५
काठमाडौँ – विराटनगर: रु ४८०
काठमाडौँ – राजविराज: रु ४१०
काठमाडौँ – भैरहवा: रु ४१०
काठमाडौँ – तुम्लिङटार: रु ३७०
काठमाडौँ – पोखरा: रु ३१५
काठमाडौँ – जनकपुर: रु २६०
काठमाडौँ – सिमरा: रु १८०
अन्य प्रदेश/सहर जोड्ने मुख्य रुटको भाडा वृद्धि:
पोखरा – भद्रपुर: रु ८१०
पोखरा – धनगढी: रु ६८५
पोखरा – जनकपुर: रु ५२५


हेलिकोप्टर चार्टर तथा उद्धार उडानको नयाँ भाडादर:
नयाँ समायोजन अनुसार हेलिकोप्टर चार्टर तथा उद्धार उडानको दरसमेत बढेको छ:
उपत्यकाभित्र (काठमाडौँ, ललितपुर, भक्तपुर) उद्धार उडान: रु १,२८,००० (१३% भ्याटसहित, ब्लक-टाइम दर)
काठमाडौँ – पोखरा: रु ३,८२,०००
काठमाडौँ – भैरहवा: रु ५,०९,०००
काठमाडौँ – विराटनगर: रु ५,७३,०००
काठमाडौँ – सुर्खेत: रु १०,१७,०००
काठमाडौँ – हुम्ला: रु १३,९९,०००
काठमाडौँ – धनगढी: रु १३,९९,०००
काठमाडौँ – दार्चुला: रु १६,५३,०००
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































