

काठमाडौँ, साउन १९ गते । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धिको लक्ष्यका साथ अघि बढिरहेको र यसका लागि अन्तर्राष्ट्रिय सहायता तथा व्यापार मुख्य आधार भएको बताउनुभएको छ।
परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले कम विकसित मुलुकका रूपमा नेपालले पाएको शून्य भन्सार सुविधाबाट सोचेजस्तो लाभ लिन नसकेकाले विगतका कमजोरीहरूको समीक्षा गर्नुपर्ने बताउनुभयो। सीमित स्रोत र साधनलाई सबै क्षेत्रमा छरिन नदिई विदेशस्थित नेपाली नियोगहरूले स्पष्ट प्राथमिकता तोकेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
वर्तमान वैश्विक परिवेशमा राजनीतिक शक्ति आर्थिक शक्तिसँग जोडिने भएकाले सोहीअनुरूप प्रभावकारी नीति तथा योजना कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ।
एसोसिएसन अफ फर्मर करिअर एम्बास्डर्स अफ नेपाल (अफकान) को आयोजनामा भएको उक्त कार्यक्रममा पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले ‘अन्तर्राष्ट्रिय सहायता‘ र पूर्वराजदूत दीपक धितालले ‘व्यापार‘ विषयमा आ-आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























