08/05/2026, 09:08:39
बुधबार, साउन २०, २०८३

नारायणगढ–मुग्लिनमा दुईतर्फी नै यातायात सेवा अवरुद्ध


चितवन, साउन २० गते । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरुआत गरिएको जानकारी दिनुभयो । यसका लागि डिभिजन सडक कार्यालयसँग समन्वय गरिएको छ ।