काठमाडौँ, साउन १७ गते । बङ्गलादेशमा आगामी नोभेम्बरमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबलको ड्र सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले च्याम्पियनसिपका लागि नेपालबाहेक ६ टोलीको ड्र सार्वजनिक गरेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) विश्व फुटबल महासङ्घ (फिफा) को प्रतिबन्धमा रहेका कारण नेपाल साफबाट बन्चित भएको छ ।


नोभेम्बर १७ तारिखसम्म सञ्चालन हुने च्याम्पियनसिपमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ‘ए’ मा आयोजक बङ्गलादेश, श्रीलङ्का र भुटान रहेको छ । यस्तै समूह ‘बी’ मा साबिक विजेता भारत, पाकिस्तान र माल्दिभ्स रहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































