

काठमाडौँ, साउन १५ गते । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा खारेज (छुट) गर्ने निर्णय गरेको छ ।
अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक ऐन, २०८३ को दफा १५ (१) बमोजिम यो निर्णय गरिएको जनाएको छ । निर्णय अनुसार हालसम्म असुल गरिएको समता शुल्क १५ दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्नेछ । तोकिएको समयमा फिर्ता नभएमा उक्त रकम सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ ।
अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायको आदेशमा यो सूचना जारी गरिएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























