न्युयोर्क, साउन ५ गते । रोमाञ्चक फाइनल भिडन्तमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएसँगै अर्जेन्टिनाको फिफा विश्वकप फुटबल २०२६ को उपाधि रक्षा गर्ने अभियानमा पूर्णविराम लागेको छ। यस हारसँगै लगातार दोस्रो पटक विश्व च्याम्पियन बनेर ब्राजिलको कीर्तिमान (सन् १९५८ र १९६२) बराबरी गर्ने अर्जेन्टिनाको सपना पूरा हुन सकेन।
सन् १९७८, १९८६ र २०२२ मा विश्वकप जितेको अर्जेन्टिना चौथो पटक उपाधि चुम्नबाट चुकेको हो। अर्जेन्टिनाको यो पराजयमा मुख्यत: पाँच कारणलाई जिम्मेवार मानिएको छ:
१. मेसीमाथि अत्यधिक निर्भरता
विश्वकपको सुरुवात उत्कृष्ट प्रदर्शनसहित गर्नुभएका कप्तान लियोनेल मेसीलाई फाइनलमा स्पेनले पूर्ण रूपमा मार्क गर्दै खेलभर चुप राख्यो। मेसीको स्वाभाविक र सिर्जनात्मक खेल फाइनलमा देखिन सकेन। मेसीले स्पेनको गोलपोस्टमा मात्र एक प्रहार गर्न सक्नुभयो, जुन गोलपोस्टको दिशामा थिएन।
२. रक्षात्मक (डिफेन्सिभ) रणनीति
अर्जेन्टिनाले सुरुदेखि नै बढी रक्षात्मक रणनीति अपनायो, जसका कारण टोलीले आक्रामक खेल पस्कन सकेन। गोलरक्षक इमिलियानो मार्टिनेजको उत्कृष्ट बचाउका कारण मात्र खेल अतिरिक्त समयसम्म पुग्न सकेको थियो। निर्धारित समयसम्म अर्जेन्टिनाको तर्फबाट पोस्ट लक्षित एउटै प्रहार हुन सकेको थिएन। खेलको अन्तिम समयमा जुलियानो सिमियोनले केही अवसर सिर्जना गरे पनि सफलता मिल्न सकेन।
३. स्पेनी मिडफिल्डको दबाब
स्पेनले मिडफिल्डमा पूर्ण नियन्त्रण कायम गर्दै खेलको गति आफ्नो पक्षमा राख्यो। अर्जेन्टिनाका खेलाडीहरूलाई लामो समय बल नियन्त्रणमा राख्न नदिनु नै स्पेनको सबभन्दा बलियो पक्ष बन्यो। तीव्र पास र बल खोस्ने कलामा स्पेनिस टोली अर्जेन्टिनाभन्दा धेरै अगाडि देखियो।
४. एन्जो फर्नान्डेजलाई रातो कार्ड र चोटको मार
इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले दोस्रो पहेँलो (रातो) कार्ड पाएर मैदान छाड्नु परेपछि १० खेलाडीमा सीमित अर्जेन्टिना थप दबाबमा पर्यो। त्यसैको फाइदा उठाउँदै अतिरिक्त समयमा स्पेनका फेरान टोरेजले निर्णयक गोल गरे। यसअघि डिफेन्डर लिजान्द्रो मार्टिनेज चोटका कारण बाहिरिनु पनि अर्जेन्टिनाका लागि ठूलो धक्का साबित भयो।
५. स्पेनको एकजुट प्रदर्शन
अन्य टोलीमा जस्तो कुनै एक ‘सुपरस्टार’ खेलाडीमा मात्र निर्भर नरही स्पेनले उत्कृष्ट सामूहिक खेल प्रदर्शन गर्यो। मिकेल ओयरजाबालको गोल, रोड्री र पेड्रीको प्लेमेकिङ, मार्क कुकुरेलाको मेहनत र मिकेल मेरिनोको प्रभावकारी भूमिकाले स्पेनलाई च्याम्पियन बनाउन मुख्य भूमिका खेल्यो।
व्यक्तिगत पुरस्कारमा स्पेनकै वर्चस्व
गोल्डेन बुटबाहेक प्रतियोगिताका लगभग सबै व्यक्तिगत पुरस्कारमा स्पेनिस खेलाडीले कब्जा जमाए:
- गोल्डेन बल (सर्वश्रेष्ठ खेलाडी): रोड्री (स्पेनका कप्तान)
- गोल्डेन ग्लोभ्स (सर्वश्रेष्ठ गोलरक्षक): उनाइ सिमन्स (स्पेन)
- सर्वश्रेष्ठ युवा खेलाडी: पाउ कुबार्सी (स्पेन)
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































