

सुर्खेत, साउन १ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्यहरूले बिहीबार दिउँसो उक्त प्रस्ताव दर्ता गराएका हुन्।
पूर्वसहमति अनुसार एमालेले नेतृत्व हस्तान्तरण गर्न अस्वीकार गरेपछि केन्द्रीय नेताहरूको सहमतिमै अविश्वासको प्रस्ताव ल्याइएको नेपाली कांग्रेसले जनाएको छ। यसअघि बुधबार मात्रै नेपाली कांग्रेस कर्णाली सरकारबाट बाहिरिएको थियो।
अविश्वासको प्रस्तावमा कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टसहित ५ जना र नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट संसदीय दलका नेता मङ्गलबहादुर शाहीसहित ९ जना गरी कुल १४ सांसदले हस्ताक्षर गरेका छन्। ४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























