

काठमाडौँ, असार ३१ गते । फ्रान्सेली कप्तान केलिएन एमबाप्पेले विश्वकप २०२६ को फाइनल प्रवेश गर्न असफल रहेकामा जहिल्यै गुनासो रहने बताउँदै आफ्नो टिमको तर्फबाट रणनीतिक र प्राविधिक भुल भएको स्विकारेका छन् । स्पेनको हातबाट सेमिफाइनलमा २–० ले पराजित भएको फ्रान्स बुधबार प्रतियोगिताबाट बाहिरिएको हो ।
अन्तिम चारसम्मको यात्रामा एमबाप्पे सबैभन्दा प्रभावशाली खेलाडी रहेका थिए र यसक्रममा आठ गोलसमेत गरेका थिए । तर २७ वर्षीय एमबाप्पेको लगातार तेस्रो फाइनल खेल्ने सपना भने पूरा हुन सकेन् । फ्रान्सेली ब्रोडकास्टर एम–सिक्ससँगको कुराकानीमा उनलेले आफू असाध्यै निराश भएको बताएका छन् ।
उनले भनेका छन्, ‘हामीले चाहे जस्तो खेल्नै सकेनौं । हामी रणनीतिक र प्राविधिक खेलमै चुक्यौं । एउटा टिमका रूपमा हाम्रो प्रदर्शन उच्च रहेन । विश्वकपको सेमिफाइनल चरणमा आफूले चाहे जस्तो खेल्न सकेनौं भने हार नै हुन्छ ।’
‘हाम्रो लक्ष्य तीव्र गतिमा खेलेर आक्रमण गर्ने थियो र स्पेनलाई सुस्त बनाउने थियो । खेलमाथि बढी नियन्त्रण लिने पक्षमा हामी स्पेनभन्दा राम्रो थियौं । तर हामीले यही गर्न सकेनौं,’ एमबाप्पेले थपे, ‘फाइनल पुग्ने हाम्रो सपना थियो, त्यो पूरा भएन, यसलाई स्विकार्नै पर्छ ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























