काठमाडौँ, असार ३१ गते । बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप फुटबल २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले साविक उपविजेता फ्रान्सलाई २–० गोलले हरायो ।
स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयर्जाबलले गोल गर्नुभयो । खेलको २२औँ मिनेटमा लामिन यामललाई डिबक्सभित्र फल हानेपछि पाएको पेनाल्टीलाई ओयर्जाबलले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाउनुभएको थियो ।


त्यसपछि दोस्रो हाफको ५८औँ मिनेटमा पेड्रो पोरोले डानी ओल्मोको पासमा विपक्षी डिफेन्डरहरूलाई छल्दै उत्कृष्ट गोल गर्नुभयो । पेड्रो खेलको ‘प्लेयर अफ दि म्याच‘ समेत घोषित हुनुभयो ।
यो जितसँगै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा पुगेको हो । सन् २०१० को विजेता स्पेनले अब उपाधिका लागि साविक विजेता अर्जेन्टिना र इङ्ल्यान्डबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























