

गलकोट (बागलुङ), असार २८ गते । बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य कालिका भगवती मन्दिरलाई २९ जना कलाकारले एकै दिन क्यानभासमा जीवन्त रूपमा उतारेका छन्। गण्डकी प्रदेशकै प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित यस मन्दिरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने उद्देश्यले स्थलगत चित्रकला (प्लेन एयर पेन्टिङ) कार्यशाला आयोजना गरिएको हो।
कार्यशालाका मुख्य विशेषताहरू
सहकार्य: कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजना तथा शनिबारीय चित्रकला कार्यशाला अभियान अन्तर्गत रन्तल आर्ट र मिलन ट्याटुको सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो।
सहभागी कलाकार: कार्यशालामा काठमाडौँ, म्याग्दी, बागलुङ लगायत विभिन्न जिल्लाका नेपाली कलाकारहरूसँगै भारतका दुई कलाकारको पनि सहभागिता रहेको थियो। कलाकारहरूले कालिका भगवती मन्दिर, मन्दिर परिसर, सत्तल, घण्टी, प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक सम्पदालाई प्रत्यक्ष अवलोकन गर्दै क्यानभासमा कैद गरे।


— दिवेश प्रधान, चित्रकार
कार्यक्रम बागलुङका चित्रकार मच्छिन्द्र शाक्यको स्थानीय संयोजनमा सम्पन्न भएको हो। कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले चर्चित कलाकारहरूद्वारा मन्दिरलाई क्यानभासमा उतार्नु ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण रहेको बताउनुभयो।
बागलुङमा ‘लाइभ पेन्टिङ’ अभियानलाई संस्थागत गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने तयारी भइरहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





















