लस एन्जलस, असार २७ गते । मिकेल मेरिनोले दोस्रो हाफको अन्त्यतिर गरेको गोल मद्दतले स्पेन फिफा विश्वकप फुटबल २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको रोमाञ्चक क्वाटरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेनले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । अब सेमिफाइनलमा स्पेनको भेट फ्रान्ससँग हुनेछ ।
लस एन्जलसमा भएको प्रतिस्पर्धात्मक खेलको ३० औं मिनेटमा फाबिन रुइजको गोलबाट स्पेनले सुरुवाती अग्रता लिएको थियो । तर, पहिलो हाफको खेल सकिन लाग्दा ४१ औं मिनेटमा चाल्सै डे केटेलेरले बेल्जियमका लागि बराबरी गोल फर्काए । जारी प्रतियोगितामा स्पेनले खाएको यो नै पहिलो गोल हो ।


निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिन लागेका बेला ८८ औं मिनेटमा स्पेनले निर्णायक गोल गर्यो । बेल्जियमका गोलरक्षक सेने लामेन्सको गम्भीर गल्तीको फाइदा उठाउँदै मेरिनोले गोल गरे, जुन स्पेनको जितका लागि पर्याप्त बन्यो ।
यस हारसँगै बेल्जियमको विश्वकप यात्रा क्वाटरफाइनलमै टुंगिएको छ भने स्पेन उपाधि नजिक पुगेको छ ।


| खेलाडी | टिम | खेलको मिनेट | विवरण |
| फाबिन रुइज | स्पेन | ३० औं मिनेट | स्पेनलाई सुरुवाती अग्रता दिलाएको गोल |
| चाल्सै डे केटेलेर | बेल्जियम | ४१ औं मिनेट | बराबरी गोल (यो प्रतियोगितामा स्पेनले खाएको पहिलो गोल) |
| मिकेल मेरिनो | स्पेन | ८८ औं मिनेट | बेल्जियमका गोलरक्षक सेने लामेन्सको गल्तीमा गरिएको निर्णायक गोल |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























