07/10/2026, 08:45:13
शुक्रबार, असार २६, २०८३
फिफा विश्वकप फुटबल २०२६

मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश


काठमाडौं, असार २६ गते । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलको मद्दतले मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स फिफा विश्वकप फुटबल २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको हो।

अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलको ६०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको ६६औँ मिनेटमा एम्बाप्पेकै पासमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।

यसअघि सन् २०१८ को विजेता र २०२२ को उपविजेता बनेको फ्रान्सले अब सेमिफाइनलमा बेल्जियम र स्पेनबिचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।