07/08/2026, 07:55:52
बुधबार, असार २४, २०८३
फिफा विश्वकप फुटबल २०२६

इजिप्टमाथि रोमाञ्चक जित निकाल्दै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा


काठमाडौँ, असार २४ गते । साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा बुधबार भएको खेलमा इजिप्टलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो।

खेलमा सुरुवाती अग्रता इजिप्टले लिएको थियो। १५औँ मिनेटमा यासेर इब्राहिम र ६७औँ मिनेटमा मुस्तफा जिकोले गोल गरेपछि इजिप्ट २–० ले अघि रहेको थियो।

त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनाका लागि ७९औँ मिनेटमा क्रिस्टियन रोमेरो र ८३औँ मिनेटमा लियोनेल मेस्सीले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए। खेलको अतिरिक्त समय (९०+३ औँ मिनेट) मा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई रोमान्चक जित दिलाए।