

काठमाडौँ, असार २३ गते । फिफा विश्वकप फुटबल २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यस हारसँगै अमेरिकाको विश्वकप यात्रा अन्तिम–१६ मै टुङ्गिएको छ । बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई गोल गर्नुभयो भने हान्स भानकेन र रोमेलु लुकाकुले समान एक–एक गोल गर्नुभयो ।
खेलको सुरुआती नवौँ मिनेटमा चार्ल्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई पहिलो अग्रता दिलाउनुभयो । त्यसपछि खेलको ३१औं मिनेटमा अमेरिकाका मलिक टिलम्यानले फ्रिकिक मार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याउनुभयो ।
त्यसको दुई मिनेटमै बेल्जियमले पुनः अग्रता लियो । खेलको ३३औँ मिनेटमा केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पुर्याउनुभयो । खेलको ५७औँ मिनेटमा भानकेनले गोल गरेपछि बेल्जियमको अग्रता ३–१ को बन्यो ।
त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समय (Injury Time) मा लुकाकुले गोल गरेपछि बेल्जियमले अमेरिकामाथि ४–१ को सानदार जित सुनिश्चित गर्यो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






















