काठमाडौँ, असार २१ गते । सरकारले सन् २०३० सम्ममा नेपाल आउने कुल अन्तर्राष्ट्रिय पर्यटकमध्ये ११ प्रतिशत हिस्सा आरोग्य (Wellness) पर्यटकको पुर्याउने लक्ष्य राखेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाललाई प्रमुख आरोग्य पर्यटन गन्तव्यका रूपमा विकास गरिने बताउनुभयो ।
मुख्य योजनाहरू:
- एकीकृत आरोग्य केन्द्र: योग, ध्यान, आयुर्वेद र प्राकृतिक चिकित्सालाई प्रवर्धन गर्न सन् २०३५ सम्म ५ वटा प्रमुख केन्द्रहरू स्थापना गरिनेछ।
- विश्व आरोग्य दिवस: नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले हरेक वर्षको अप्रिल १५ लाई ‘विश्व आरोग्य दिवस‘ घोषणा गरिसकेकाले यसलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गरिनेछ।
- रणनीति जारी: ‘आरोग्य पर्यटन गन्तव्य नेपाल, आर्थिक समृद्धिको आधार‘ भन्ने दूरदृष्टिसहित राष्ट्रिय रणनीति (२०२६–२०३५) सार्वजनिक भइसकेको छ।
- एकीकृत प्रतिष्ठान: पर्यटन, होटेल र पर्वतीय प्रशिक्षणलाई थप व्यवस्थित बनाउन ‘नेपाल पर्यटन, होटेल तथा पर्वतीय प्रतिष्ठान विकास समिति‘ गठन भई एकीकृत रूपमा सञ्चालनमा आएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























