

काठमाडौँ । कोलम्बिया फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटीमा शनिबार भएको खेलमा घानालाई १–० गोलले पराजित गर्दै कोलम्बियाले अन्तिम १६ मा स्थान बनाएको हो ।
कोलम्बियाको जितमा खेलको १४औँ मिनेटमा जोन एरियासले गरेको गोल नै निर्णायक बन्यो । अब क्वाटरफाइनल प्रवेशका लागि कोलम्बियाले स्विट्जरल्यान्डसँग खेल्नेछ ।
यस खेलसँगै विश्वकपको अन्तिम १६ मा पुग्ने अर्जेन्टिना, ब्राजिल, फ्रान्स, इङ्ग्ल्यान्ड, पोर्चुगल, स्पेनसहित सबै १६ टोलीको टुङ्गो लागेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






















