07/04/2026, 08:38:37
शनिबार, असार २०, २०८३
फिफा विश्वकप फुटबल २०२६

केप भर्डेलाई हराउँदै अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा


काठमाडौँ, असार २० गते । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको मियामीमा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले केप भर्डेलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए पनि ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले खेल बराबरीमा ल्याए । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेज र केप भर्डेका सिड्नी लोप्सले १–१ गोल गरेपछि खेल २–२ को स्थितिमा पुग्यो । अन्ततः खेलको १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्जेसले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित भयो ।