टोरन्टो, असार २० गते । क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसको गोल मद्दतमा पोर्चुगलले क्रोएसियामाथि २–१ को पुनरागमन जित निकाल्दै विश्वकप फुटबल–२०२६ को प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ । पोर्चुगलले अब क्वाटरफाइनल प्रवेशका लागि युरो च्याम्पियन स्पेनको सामना गर्नेछ ।
खेलको दोस्रो हाफको ५२ औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर, ६८ औँ मिनेटमा पोर्चुगलका लागि रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । विश्वकपको नकआउट चरणमा रोनाल्डोको यो पहिलो गोल हो। यससँगै उनी नकआउटमा गोल गर्ने विश्वकप इतिहासकै सबैभन्दा पाको खेलाडी समेत बनेका छन् ।


इन्जुरी समयको चौथो मिनेटमा राफेल लियाओको क्रसमा गोन्कालो रामोसले हेडमार्फत गोल गर्दै पोर्चुगलको जित पक्का गरे । खेलको अन्तिम मिनेटमा क्रोएसियाका जोस्को ग्वार्डियोलले गोल गरे पनि रेफ्रीले भार (VAR) को सहयोगमा त्यसलाई अफसाइड दिएपछि खेल विवादास्पद बनेको थियो ।
मोड्रिचको सम्भवतः अन्तिम विश्वकप
यस हारसँगै ४० वर्षीय क्रोएसियाली लेजेन्ड लुका मोड्रिचको विश्वकप यात्रा सम्भवतः समाप्त भएको छ । ४१ वर्षीय रोनाल्डो र ४० वर्षीय मोड्रिचले विश्वकपको एउटै खेलमा सहभागिता जनाएको यो पहिलो पटक हो । खेलपछि दुवै खेलाडीले मैदानमा भावना साटासाट गरेका थिए ।


जित पूर्वखेलाडी जोटाप्रति समर्पित
पोर्चुगलले यो जित आफ्ना दिवङ्गत पूर्वखेलाडी डिएगो जोटा र उनका भाइप्रति समर्पित गरेको छ, जसको गत वर्ष यही दिन स्पेनमा कार दुर्घटनामा निधन भएको थियो । खेलपछि पोर्चुगिज टोलीले जोटाले लगाउने २१ नम्बरको जर्सी प्रदर्शन गरेका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























