07/02/2026, 10:59:11
बिहिबार, असार १८, २०८३
फिफा विश्वकप फुटबल २०२६

फिफा विश्वकप फुटबल २०२६ : इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश


काठमाडौँ, असार १८ गते । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा पुगेको हो ।

डीआर कंगोविरुद्ध इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बने। उनले टोलीका लागि दुवै गोल गरे। खेलमा पहिलो अग्रता भने कंगोले लिएको थियो।

खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ७५औं मिनेटमा इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को जित दिलाए। यस हारसँगै कंगो विश्वकपको प्रतियोगिताबाट बाहिरिएको छ ।