07/01/2026, 12:25:54
बुधबार, असार १७, २०८३
फिफा विश्वकप फुटबल २०२६

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश


काठमाडौँ, असार १७ गते । मेक्सिको फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। आज बिहान मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा सम्पन्न खेलमा इक्वेडरलाई २–० गोलअन्तरले हराउँदै मेक्सिकोले नकआउट चरणमा स्थान पक्का गरेको हो।

मेक्सिकोको जितमा खेलको २१औँ मिनेटमा जुलियन क्विनोनेस र ३१औँ मिनेटमा राउल जिमेनेजले समान एक–एक गोल गरे। यसअघि समूह चरणमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गरेको मेक्सिकोसँग पराजित भएसँगै इक्वेडर भने विश्वकपबाट बाहिरिएको छ।