06/27/2026, 18:25:57
शनिबार, असार १३, २०८३
फिफा विश्वकप फुटबल २०२६,

फिफा विश्वकप फुटबल : बेल्जियम र इजिप्ट नकआउट चरणमा


काठमाडौँ, असार १३ गते । बलेल्जियम र इजिप्टले फिफा विश्वकप–२०२६ को नकआउट चरणमा स्थान बनाएको छ ।

समूह ‘जी’ अन्तर्गत शनिबार बिहान भएको खेलमा बेल्जियमले न्युजिल्यान्डमाथि ५–१ गोलको सानदार जित निकाल्यो । यस्तै अर्को खेलमा इजिप्टले इरानलाई १–१ गोलको बराबरीमा रोक्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो ।

बेल्ज्यिमको जितमा लियान्द्रो ट्रोसार्डले दुई तथा केभिन डी ब्रुएने, वैकल्पिक खेलाडी रोमेलु लुकाकु र एलेक्सिस साएलेमाकर्सले एक एक गोल गर्नुभयो । न्युजिल्यान्डका लागि एलिया बसले एक गोल फर्काउनुभयो । जितसँगै पाँच अङ्क बनाएको बेल्जियम शीर्षस्थानमा रह्याे । समान पाँच अङ्क बनाएको इजिप्ट गोल अन्तरका आधारमा दोस्रो स्थानमा रह्यो ।

इजिप्टसँग बरबरीमा रोकिएको इरानले पनि तीन अङ्क जोड्दै उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा छनोटको सम्भावना कायम राखेको छ । न्युजिल्यान्ड विश्वकपबाट बाहिरिएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..