06/02/2026, 11:42:22
मङ्गलबार, जेठ १९, २०८३

सुनचाँदीको मूल्यमा वृद्धि


काठमाडौँ, जेठ १९ गते । मंगलवार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवार भने सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ५५ रुपैयाँले बढेर आज चाँदी प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको छ ।
सोमवार भने चाँदी ५ हजार ३ सय ५५ रुपैयाँमा कायम भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..