

काठमाडौं, जेठ ७ गते । नेकपा एमालेका सांसद राजेन्द्र राईले ७ दिनभित्र बाँदरको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले समस्या समाधान ७ दिनभित्र नभए संसद बैठक सञ्चालन गर्न नदिने चेताववी दिएका हुन् ।यदि कोही मानिसले बदमासी गयोभने उसलाई पुलिसले बाँधेर लैजान्छ । उसलाई जेलमा थुनिन्छ । आज बाँदरले सयौँ मानिसहरूलाई बसाई उठाईसक्यो । सयौँ मानिसहरूले दाल, भात, तरकारी खान पाएनन् ।
यसबारेमा सरकार किन सिरियस हुँदैन रु म भन्न चाहन्छु– यो सरकारले गर्ने थुप्रै कामहरूमा सबै भन्दा पहिला जनताको जीवनमा ठुलो समस्या भएको बाँदर छ । यो बादरलाई नियन्त्रण गर्न सकिएन भने जनजीवनको परिवर्तनमा ठुलो समस्या हुन्छ । तसर्थ तत्काल रुपमा यो बाँदरको समस्या समाधान गर्नका निम्ति यो सरकारलाई म ध्यानाकर्षण गराउन चाहन्छु ।
अव सात दिन भित्रमा बाँदरको समस्या समाधान भएन भने यसलाई कसरी समाधान गर्ने रु चाहे कानुनी होस, चाहे कुन माध्यमबाट भएपनि सरकारले नियन्त्रण गरेन भने सबै सांसदहरूले यस बारेमा कुरा चलाउनु हुनेछ, संसद चल्न गाह्रो हुनेछ,’ उनले भने ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































