05/20/2026, 15:54:02
बुधबार, जेठ ०६, २०८३

प्रेस स्वतन्त्रता संवैधानिक अधिकार भएकाले कसैले पनि हनन गर्न सक्दैन :सञ्चारमन्त्री


काठमाडौं, जेठ ६ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्‍त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक, शून्य तथा विशेष समयमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

सञ्चार माध्यमहरु जवाफदेही हुनुपर्ने उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले गरिमा र सीमाभित्र रहेर काम गर्न अनुरोध गरेका छन् । मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संवैधानिक अधिकार भएकाले त्यसलाई सरकार वा कसैले पनि चाहेर हनन गर्न नसक्ने बताए।

‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध छ । संविधानले दिएको अधिकार हो । तर, सँगै बुझ्नु पर्ने कुरा के हो भने स्वतन्त्रता भनेको स्वच्छन्दता होइन । जवाफदेही हुनुपर्छ’, उनले अघि भने, ‘राज्यको अंकको रुपमा स्वीकारेको क्षेत्रले आफ्नो ओजलाई कायम गर्ने गरी कार्य गर्दा सरकारले चाहेर पनि केही गर्न सक्दैन ।’


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..