काठमाडौँ, जेठ ५ गते । विश्वभर छरिएर रहेका नेपाली बालबालिकालाई लक्षित गरी सहज र आधुनिक तरिकाले नेपाली भाषामा अभ्यस्त बनाउने उद्देश्यसहित विश्वस्तरीय पाठ्यक्रमसहितको डिजिटल स्कुल ‘पहिलो पाइला’ एप सञ्चालनमा आएको छ । उक्त डिजिटल स्कुलको सद्भावना दूतमा अभिनेतृ केकी अधिकारी अनुबन्ध हुनुभएको छ ।


वरिष्ठ शिक्षाविद् सुशीलभक्त माथेमा, वरिष्ठ गायिका लोचन भट्टराई, वरिष्ठ कवि तथा गीतकार आनन्द अधिकारी र अभिनेतृ तथा सद्भावना दूत अधिकारीले संयुक्त रूपमा उक्त ‘एप’ शुभारम्भ गर्नुभयो ।
गायिका भट्टराईले नेपाली भाषा र संस्कृतिमाथिको बढ्दो अतिक्रमण रोक्न बालबालिकाबाटै यसको सिकाइ सुरु गराउन ‘पहिलो पाइला’ कोसेढुङ्गा साबित हुने बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































