

काठमाडौँ, वैशाख २९ गते । सरकारले नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन तथा सिर्जनात्मक गन्तव्यका रूपमा विकास गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसद्मा सार्वजनिक गर्दै यस्तो घोषणा गर्नुभएको हो ।
मुलुकको प्राकृतिक र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्धन गर्न नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन तथा सिर्जनात्मक गन्तव्यका रूपमा स्थापित गरिने घोषणा गरिएको हो । यसै गरी सरकारले चलचित्र, वृत्तचित्र, फोटोग्राफी र डिजिटल सामग्री उत्पादनलाई उद्योगका रूपमा विकास गर्ने घोषणा गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






















