

काठमाडौँ, वैशाख २८ गते। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन बुझेका छन् । सोमबार अर्थमन्त्री वाग्ले समक्ष नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन बुझाएको हो ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन नेपाल सरकारलाई बुझाउनुपर्छ । मन्त्रालयका अनुसार नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष यस्तो प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































