

काठमाडौँ, वैशाख १३ गते । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौँ उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यम वर्षा भइरहेको छ । मौसमविद् हरिप्रसाद दाहालले कोशी प्रदेशको तराई र पहाडी भूभागमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा वर्षा भइरहेको जानकारी दिनुभयो ।
पश्चिमबाट गण्डकी प्रदेशतिर फेरि नयाँ पानी पार्ने प्रणाली विकास हुँदै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कोशी प्रदेशको तराई भूभाग र पहाडी भूभागतिर वर्षा छ भने बागमती प्रदेशको विशेषगरी पहाडी भूभागमा छ । गण्डकी र लुम्बिनी प्रदेशको पनि पहाडी भूभागमा वर्षा भएको छ ।”
काठमाडौँ उपत्यका अन्तर्गत चन्द्रागिरी, नयाँसडक, बबरमहल, नैकाप, गोदावरी लगायतका क्षेत्रमा वर्षा भएको छ । उहाँले तत्कालै मौसम सुधारको सम्भावना नरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नै मौसम सुधार हुने सम्भावना छैन । पश्चिमी क्षेत्रबाट पानी पर्ने प्रणाली विस्तारै पूर्वतिर सर्दै आएको छ ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































