

ढाका, वैशाख ८ गते । इन्धन आयातमा निर्भर बंगलादेशमा इन्धनको सीमित ढुवानी हुँदा देखिएको अभावसँगै पेट्रोल पम्प र ग्यास डिपोहरूमा लामो लाइन लाग्न थालेको छ ।
मध्यपूर्व युद्धका कारण इन्धन आपूर्तिमा विश्वव्यापी समस्या आएको छ । बंगलादेश पनि यस समस्यासँग जुधिरहेको छ । इन्धन आपूर्तिमा कमी आएका कारण डिपोहरूले माग बमोजिम इन्धन आपूर्ति गर्न नसक्दा यसको प्रभाव सार्वजनिक यातायातका साधन र सर्वसाधारणमा समेत पर्न थालेको छ ।
इन्धन संकटका कारण सेवाग्राही पेट्रोल, डिजेल, ग्यास लगायतका वस्तु खरिदका लागि लामो समय (घण्टौँ)सम्म लाइनमा बस्नुपर्ने बाध्यता आएको छ । आफ्नो पहिलो नाम मात्र उल्लेख गर्ने ४३ वर्षीय चालक शमसुद्दिन मध्यरातदेखि ढाकाको ग्यास स्टेसनमा पर्खिरहेका थिए । गोपनीयताको कारण आफ्नो पहिलो नाम मात्र बताउने ४३ वर्षीय चालक शमसुद्दिन मध्यरातदेखि ढाकाको पेट्रोल डिपोमा पर्खिरहेका थिए । ‘छ घण्टा पछि अन्तमा मैले इन्धन पाएको छु,’ उनले भने ।
करिब १७ करोड जनसंख्या रहेको दक्षिण एसियाली मुलुक बंगलादेशले आफ्नो तेल र ग्यासको ९५ प्रतिशत आयात गर्छ, जसमध्ये अधिकांश मध्य पूर्वबाट आयात हुन्छ । स्ट्रेट अफ हर्मुज हुँदै हुने ऊर्जा ढुवानी फेब्रुअरीको अन्त्यमा युद्ध सुरु भएदेखि अवरूद्ध भएपछि बङ्लादेशले वैकल्पिक बाटोबाट यदाकदा इन्धन भित्राएको भएपनि अधिकांश ढुवानीमा अवरोध भएको छ ।
बंगलादेशका ऊर्जामन्त्री इकबाल हसन महमुदले देशमा पर्याप्त इन्धन रहेको बताउँदै अवरोधको हल्लाले सेवाग्राहीले आत्तिएर भण्डारण गर्न खोज्दा समस्या भएको बताउँछन् । तर मोबाइल नेटवर्क अपरेटरहरूको राष्ट्रिय संघले सोमबार इन्धन अभावको कारण देखाउँदै अब निरन्तर सेवाको सुनिश्चितता गर्न नसक्ने बताएको छ । ग्यास स्टेशनमा पूर्व सरकारी अधिकारी शरिफुल इस्लामले आफूले अन्यत्र तीन घण्टा पर्खिसकेको तर पम्पले इन्धन भर्न बन्द गरेको बताए ।
डिपोहरूमा लामो प्रतीक्षाको परिणामले गर्दा कतिपय व्यक्तिले लाइनमा नै मृत्युवरण गरेका सञ्चारमाध्यमले समाचारमा जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार रंगपुर सहरमा भीषण गर्मीबीच घण्टौँ लाइनमा बसेका एक सेवाग्राहीको मृत्यु भएको छ । दक्षिणी जिल्ला नरेलमा इनधन भर्न लाइनमा बसेका एक ट्रक चालकले पम्प म्यानेजरलाई किचेको आरोपमा भएको विवादमा अन्य दुई जनाको मृत्यु भएको छ ।
केही उद्यमीहरूले व्यावसायिक अवसरहरू पनि पहिचान गरेका छन् । लामो लाइनमा बस्ने र लाइन छोड्न नपाएका चालकहरूलाई स्थानीयले रोटी र केरा, वा मसलादार बिरयानी (भुटेको भात) बेच्न तछाड-मछाड गरेको देखिन्छ ।
यसैबीच इन्धन अभावपछि इलेक्ट्रिक बाइकको बिक्री पनि बढेको छ । सरकारी तथ्यांकले विद्युतीय सवारी साधनको आयातमा तीन गुणा वृद्धि देखाएको छ । फेब्रुअरीमा ६०३ युनिटबाट मार्चमा दुई हजार १३९ युनिट पुगेको छ । विद्युतीय मोटरसाइकल विक्रेता अशरफुल आलमले गत साता खुलेदेखि ढाकामा उनको एटलस शोरूमबाट छ वटा मोटरसाइकल बिक्री भएको बताए ।
ढाका विश्वको सबैभन्दा घना जनघनत्व भएको सहरहरूमध्ये एक हो र यहाँ कारले भरिएको सडकहरूमा दैनिक दुई करोड २० लाख बासिन्दाहरूको लागि यातायात सेवा इन्धन अभावको कारण निरन्तर निराशाको स्रोत बनेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















































