08/25/2026, 10:26:40
मङ्गलबार, भदौ ०९, २०८३

नेविसंघका केन्द्रीय सदस्य ऐडीको निधनप्रति नेपाली काँग्रेसद्वारा दुःख व्यक्त


काठमाडौँ, वैशाख ८ गते  । सवारी दुर्घटनामा परी नेपाल विद्यार्थी संघ (नेविसंघका केन्द्रीय सदस्य खड्क ऐडीको असामयिक निधन भएपछि नेपाली काँग्रेसले गहिरो दुःख व्यक्त गरेको छ।

बाजुराको त्रिवेणी नगरपालिका-७ निवासी ऐडीको निधनलाई पार्टीले अत्यन्त दुःखद घटना भन्दै संगठनले एक सक्रिय युवा नेतृत्व गुमाएको जनाएको छ। उनी नेविसंघको संगठन निर्माण तथा लोकतान्त्रिक आन्दोलनहरूमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।

 

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले शोक वक्तव्य जारी गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेका छन्। साथै उनले शोक सन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति पार्टी र व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।

पार्टीले ऐडीको निधनले संगठन र विद्यार्थी राजनीतिमा अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ। शोक वक्तव्य पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी गरिएको हो।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..