वीरगञ्ज (पर्सा), चैत १४ गते । भारत सरकारले १९ थान वान टन सवारी साधन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनिषकुमार दासले आइसिपीस्थित वीरगञ्ज भन्सार परिसरमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्की लाई १९ थान वान टन सवारीसाधन हस्तान्तरण गर्नु भएको हो ।
सरकारको आग्रह अनुसार सो सवारी साधन सहयोगबापत उपलब्ध गराइएको दूतावासले जनाएको छ । पर्साका सहायक प्रजिअ कार्कीले सवारी साधन उपलब्ध गराएकामा भारत सरकारप्रति आभार व्यक्त गर्दै ती सवारी साधन गृह मन्त्रालयतर्फ पठाइएको जानकारी दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
