04/07/2026, 23:10:19
मङ्गलबार, चैत २४, २०८२

पिताको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन अस्पताल पुगे ओली


काठमाडौँ, फागुन २९ गते ।पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यसहित भक्तपुरस्थित नेपाल कोरियामैत्री अस्पताल पुग्नुभएको छ ।

शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा अध्यक्ष ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो ।

उहाँको पार्थिव शरीर अस्पतालमै राखिएको छ । आफन्त, नातेदार तथा पार्टी नेता–कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गर्न अस्पतालमा भिड लागेको छ ।

मोहनप्रसाद ओली गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आउनुभएको थियो । गएराति स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको एमाले सचिवालयले जनाएको छ । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ  ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..