काठमाडौँ, साउन ३० : नेपाल अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको छ ।
डार्विनमा शुक्रबार भएको खेलमा जितका लागि एक सय ७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३५ रनमा समेटियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाउनुभयो । यस्तै गुलसन झाले २६, कप्तान रोहित पौडेलले २३, उपकप्तान दीपेन्द्रसिंह ऐरीले १९ र ओपनर आशिफ शेखले ११ रन बनाउनुभयो ।
बलिङमा नर्दन टेरिटोरी स्ट्राइकरका म्याट ह्यामन्डले तीन विकेट लिनुभयो । केन रिचर्डसन र थोमस एन्ड्रयुले दुई दुई तथा हामिस मार्टिनले एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नर्दन टेरिटोरीले निर्धाीरत २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७७ रन बनाएको थियो ।
नर्दन टेरिटोरीका लागि डार्सी सटले सर्वाधिक ५१ रन बनाउनुभयो । यस्तै टम एन्ड्रियुजले अविजित ३२, जोर्डन सिल्कले १९, कोनोर क्यारोलले १८, क्याडल म्याकम्यहोनले १२ र ज्याक वेदरएल्डले ११ रन बनाउनुभयो । बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । उहाँले चार ओभरमा ३८ रन दिनुभएको थियो । यस्तै शाहब आलमले ३२ रन दिएर दुई विकेट तथा गुलसन झा, दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले एक एक विकेट लिनुभयो ।






What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































