04/07/2026, 19:51:30
मङ्गलबार, चैत २४, २०८२

फूटबल समाचार : आर्सनल एभर्टन संग रोकिदा, लिभरपूल फुलहाम संग पराजित, रियल मेड्रिड पराजित,बार्सिलोना बेटिससंग बराबरी


इन्ग्लिश प्रिमियर लिग: मिति ५ अप्रिल २०२५ मा भएको खेलमा आर्सनल र एभर्टनको खेल १-१ को बराबरीमा सकिदा आर्सनलले शिर्ष स्थानमा रहेको लिभरपूल संग अनक दुरी घटाउने मौका गुमाएको छ | सोहि दिन भएको खेलहरुमा क्रिस्टल प्यालेसले ब्राइटन लाइ २-१ ले पराजित गर्यो भने इस्विस्च, वूल्भसंग १-२ ले पराजित भयो | वेस्टह्याम युनाइटेड र बोर्नमाउथ २-२ को बराबरी खेल्दा एस्टोन भिल्लाले नोटिंगहम फोरेस्टलाइ २-१ ले पराजित गर्यो | आइतबार भएको खेलमा चेल्सी र ब्रेंफोर्ड, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी ले बराबरी खेले भने टोटेन्हमले साउथह्याम्टनलाइ ३-१ ले र फुलहामले लिभरपुललाइ ३-२ ले पराजित गरे |



इन्ग्लिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटी र न्युक्यासल युनाइटेड बीच ७ अप्रिल २०२५, १२:४५ मा लेस्टर सिटीमा हुदै छ |

स्पेनिस ला लिगा: मिति ५,६ र ७ अप्रिल २०२५ मा भएको स्पनिस लिग अन्तर्गतका खेल हरुको नतिजा :

मिति घरेलु टोली स्कोर अतिथि टोली
अप्रिल 5, 2025 रियल म्याड्रिड 1 – 2 भ्यालेन्सिया
अप्रिल 5, 2025 एफसी बार्सिलोना 1 – 1 रियल बेटिस
अप्रिल 6, 2025 सेभिल्ला 1 – 2 एट्लेटिको म्याड्रिड
अप्रिल 6, 2025 भिल्लारियल 0 – 1 एथ्लेटिक क्लब
अप्रिल 6, 2025 लास पाल्मास 2 – 2 रियल सोसिडाड
अप्रिल 6, 2025 रायो भालेकानो 1 – 0 एस्पान्योल
अप्रिल 7, 2025 जिरोना 2 – 1 गेटाफे
अप्रिल 7, 2025 लेगानेस 1 – 1 ओसासुना
अप्रिल 7, 2025 अल्मेरिया 0 – 3 सेल्टा भिगो

स्पेनिस ला लिगा अन्तर्गत लेगनेस र ओसोसुना बीच ७ अप्रिल २०२५, १२:४५ मा लेगानेसमा हुदै छ |

इटालियन सिरी ए: मिति ५,६ र ७ अप्रिल २०२५ मा भएको इटालियन सिरी ए अन्तर्गतका खेल हरुको नतिजा :

मिति घरेलु टोली स्कोर अतिथि टोली
अप्रिल 5, 2025 जिनोआ 1 – 0 उडिनेजे
अप्रिल 5, 2025 पार्मा 2 – 2 इन्टर मिलान
अप्रिल 6, 2025 एसी मिलान 2 – 2 फिओरेन्टिना
अप्रिल 6, 2025 लेच्चे 1 – 1 भेनेजिया
अप्रिल 6, 2025 एम्पोली 0 – 0 काग्लियारी
अप्रिल 6, 2025 टोरिनो 0 – 0 हेलास भेरोना
अप्रिल 6, 2025 अटलान्टा 1 – 1 लाजियो
अप्रिल 7, 2025 एएस रोमा 1 – 1 युभेन्टस

इटालियन सिरी ए अन्तर्गत बोलोंगा र न्यापोली बीच ७ अप्रिल २०२५, १२:४५ मा बोलोंगामा हुदै छ |