

काठमाडौं । बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै ‘डीप डिप्रेसन’ (बलियो न्यून चापीय क्षेत्र) का रूपमा पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने देखिएको छ। यसको प्रभावका कारण असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म नेपालका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्ने देखिएको छ। देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमदेखि भारी वर्षा हुनसक्ने तथा केही स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम बढ्न सक्ने भएकाले शहरी तथा तराई क्षेत्रमा डुबान र नदी–नालामा पानीको सतह बढ्ने सम्भावनाप्रति सतर्क रहन आग्रह गरिएको छ।
मौसम विभागले कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै आवश्यक पूर्वतयारी अपनाउन अनुरोध गरेको छ।
BREAKING
असोज ९–११ सम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना — सतर्क रहन मौसम विभागको आग्रह।
स्रोत: नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा




What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























