

काठमाडौँ, भदौ ३१ गते । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीन वटा शव फेला परेका छन्। नेपाली सेनाको गोताखोरसहितको संयुक्त टोलीले बुधबार सुरुङभित्र प्रवेश गरी अन्तिम किनारासम्म खोजी गर्दा तीन वटा शव फेला पारेको हो।
नेपाली सेनाका अनुसार फेला परेका तीन शवमध्ये दुई वटा शव उद्धार गरी सुरुङबाहिर निकालिएको छ भने बाँकी एउटा शव निकाल्ने कार्य जारी रहेको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र केही व्यक्ति फसेको आशंकामा निरन्तर खोज तथा उद्धार कार्य सञ्चालन हुँदै आएको थियो।
करिब एक हजार मिटर बाटो निर्माण गरी सुरुङसम्म पहुँच
सुरुङभित्र फसेकाको खोजी तथा उद्धारका लागि नेपाली सेना, विदेशी प्राविधिकसहितको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको थियो।
उद्धार कार्यलाई सहज बनाउन हेलिकप्टरमार्फत स्याफ्रुबेँसीमा ड्रप गरिएको एक्जाभेटर र लोडर प्रयोग गरी चट्टान तथा बाढीले ल्याएको debris हटाउने काम गरिएको थियो।
उद्धार टोलीले कठिन भौगोलिक अवस्थाका बीच चट्टान फोडेर करिब एक हजार मिटर बाटो निर्माण गरी सुरुङसम्म उपकरण पुर्याएको थियो। त्यसपछि सुरुङभित्र जम्मा भएको डेबिस हटाउँदै खोजी कार्य निरन्तर अघि बढाइएको थियो।
निरन्तर खोजीपछि शव भेटिए
सुरुङभित्रको अवस्था अत्यन्त कठिन रहेकाले खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। गोताखोरसहितको टोलीले सुरुङको अन्तिम किनारासम्म पुगेर खोजी गरेपछि तीन वटा शव फेला पारेको नेपाली सेनाले जनाएको छ।
दुई शव बाहिर निकालिए पनि अर्को एक शव निकाल्ने कार्य जारी रहेकाले उद्धार टोली सुरुङ क्षेत्रमा परिचालित रहेको छ।
भोटेकोशीमा आएको बाढीले रसुवा क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढीपछि प्रभावित संरचना, सडक तथा जलविद्युत् आयोजनाका क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम पनि अघि बढिरहेको छ।
रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेनाको गोताखोरसहितको टोलीले तीन वटा शव फेला पारेको छ। दुई शव बाहिर निकालिएको र एक शव निकाल्ने कार्य जारी रहेको सेनाले जनाएको छ।
स्रोत : नेपाली सेना
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































