काठमाडौँ, भदौ ३१ गते । नेपाली स्थानीय बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपियाँ र चाँदीको मूल्य प्रतितोला ८५ रुपियाँले बढेको हो।
मूल्य वृद्धिसँगै आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ८०० रुपियाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ४ हजार ६८५ रुपियाँ कायम भएको छ।
यसअघि मङ्गलबार छापावाल सुन प्रतितोला ३ लाख १०० रुपियाँ र चाँदी प्रतितोला ४ हजार ६०० रुपियाँमा कारोबार भएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































