

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आगामी २४ घण्टामा अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
देशका पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, लुम्बिनी प्रदेशको पहाडी भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना छ।
कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा रातिको समयमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम विभागले जनाएको छ। भारी वर्षाका कारण पहिरो, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
स्रोत: जल तथा मौसम विज्ञान विभाग
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






















