मुस्ताङ, भदौ २८ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले दुई साताको अवधिमा रु. १ अर्ब ७८ करोड ४४ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा क्षति पुगी नाका बन्द भएपछि चीनबाट हुने आयात तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकातर्फ ‘डाइभर्ट’ हुँदा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको हो।
भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार पछिल्लो समय दैनिक ३० करोड रुपियाँको हाराहारीमा राजस्व संकलन भइरहेको छ भने गत शुक्रबार एकै दिन ७१ कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधन (ईभी) जाँचपास हुँदै रु. २७ करोड ११ लाख राजस्व उठेको थियो। रसुवागढी नाका ठप्प भएपछि हालसम्म ४३४ भन्दा बढी मालवाहक कन्टेनर यसै नाकाबाट जाँचपास भई कोरला–जोमसोम–बेनी सडकखण्ड हुँदै पोखरातर्फ पठाइएको छ।
नजिकिँदै गरेका मुख्य चाडपर्वलाई लक्षित गरी सामान भित्रिने क्रम तीव्र बनेकाले हाल उपल्लो मुस्ताङमा नेपाली व्यवसायीहरूको ठूलो चहलपहल छ। चालु आर्थिक वर्ष ०८३/८४ का लागि ९ अर्ब रुपियाँ राजस्वको लक्ष्य राखिएकोमा दुई महिनामै २ अर्ब ३१ करोड ४४ लाख रुपियाँ सङ्कलन भइसकेकाले वार्षिक लक्ष्य सजिलै पूरा हुने अपेक्षा भन्सार प्रशासनले लिएको छ।
| क्र.सं. | विषय / बुँदा | मुख्य विवरण |
| १ | दुई साताको कुल राजस्व | रु. १ अर्ब ७८ करोड ४४ लाख २२ हजार ७४६ |
| २ | व्यापार बढ्नुको मुख्य कारण | बाढीका कारण रसुवागढी नाका बन्द भई आयात कोरला (नेचुङ) नाकातर्फ डाइभर्ट हुनु |
| ३ | आयातित मुख्य वस्तुहरू | विद्युतीय सवारीसाधन (EV) तथा चाडपर्व लक्षित मालवाहक कन्टेनरहरू |
| ४ | चालु आवको लक्ष्य र प्रगति | वार्षिक लक्ष्य रु. ९ अर्ब रहेकोमा दुई महिनामै रु. २ अर्ब ३१ करोड ४४ लाख सङ्कलन |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































